Painting image

सर्वोत्तम पेन्ट्सले पायो राष्ट्रिय गुणस्तर प्रमाण-पत्र

Sarvootam Paints picture

April 10, 2026

अत्तरिया :- सर्वोत्तम पेन्ट्स इन्डस्ट्रिज लिमिटेडले नेपाल सरकारद्वारा प्रदान गरिने प्रतिष्ठित राष्ट्रिय गुणस्तर प्रमाणपत्र (एनएससी) प्राप्त गरेको छ। यस प्रमाणपत्रले कम्पनीका उत्पादनहरू उच्च गुणस्तर, सुरक्षा तथा वातावरणीय मापदण्ड अनुरूप रहेको पुष्टि गरेको कम्पनीले जनाएको छ।

कम्पनीले उत्पादन गर्दै आएका विभिन्न प्रकारका पेन्ट तथा सम्बन्धित सामग्रीहरू अन्तर्राष्ट्रिय स्तरका मापदण्डअनुसार रहेको प्रमाणपत्रले देखाएको उल्लेख गरिएको छ। साथै, यस उपलब्धिले कम्पनीको उत्पादन प्रक्रिया, प्रविधि र गुणस्तर नियन्त्रण प्रणालीप्रति थप जिम्मेवारी बढाएको जनाएको छ।

कम्पनीका प्रबन्ध निर्देशक नबिन प्रसाद भट्टले यो सफलता सम्पूर्ण टिमको मेहनत, समर्पण र ग्राहकप्रतिको जिम्मेवारीको परिणाम भएको बताए। उनले आगामी दिनमा अझ उत्कृष्ट गुणस्तरका उत्पादन बजारमा ल्याउँदै उपभोक्ताको विश्वास कायम राख्ने प्रतिबद्धता व्यक्त गरे।